घुस लिँदालिँदै जिशिअ भण्डारी पक्राउ



बारा, २२ मंसिर – सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिँदालिँदै बाराका जिल्ला शिक्षा अधिकार तुलाराम भण्डारी पक्राउ परेका छन् ।बाराको एक होटेलमा बसेर घुस लिँदालिँदै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । सिमरास्थित सिमरा थकाली होटेलमा बसेर सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिँदालिँदै भण्डारीलाई पक्राउ गरिएको आयोगको भनाइ छ ।

Comment