सभापति देउवाले ओली सरकारसँग राखेको यो माग — OSNepal

सभापति देउवाले ओली सरकारसँग राखेको यो माग

LC (KTM) May 27, 2021 0

काठमाडौँ १३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड–१९ को रोकथाम र उपचारमा केन्द्रित गर्न र निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीविहरूको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न माग गरेका छन् । सभापति देउवाले आज एक विज्ञप्ती नै जारी गरेर ओलीलाई आफ्नो पार्टीले गएको जेठ ६ गते पनि १५ बुँदे सुझाव ज्ञापन पत्र पठाएको भन्दै ओली सरकारको ध्यानाकर्षण गराएको छ ।

जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ;वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन छ । संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरू लिँदैछ । सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न म सरकारलाई खबरदारी गर्दछु सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरूलाई दुरुपयोग हुनबाट अलग रहन पनि ध्यानाकर्षण गराउँदछु ।’

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर