गजल ‘तिम्रो यादहरु’ मार्फत प्रेम पीडा पोख्दैछन् चर्चित गायक थानेश्वर गौतम — OSNepal

गजल ‘तिम्रो यादहरु’ मार्फत प्रेम पीडा पोख्दैछन् चर्चित गायक थानेश्वर गौतम

LC (KTM) December 03, 2021 0

गजल गायनका कारण चर्चामा रहेका गायक, संगीतकार तथा गीतकार हुन् थानेश्वर गौतम । नेपाली गीतसंगीतले भाइरल शब्द खोजिरहेको समयमा थानेश्वरको गजलले भने प्रेमको पीडा बोल्छ । उनै, थानेश्वरको स्वर र संगीतमा तयार भएकोे ‘तिम्रा यादहरु’ले प्रेममा असफल भएको एक प्रेमीको पीडालाई मन छुने शैैलीमा उठाएको छ । यो गजलमा जीवन बीकेको शब्द छ । जीवनको शब्दमा प्रेम पीडा छ ।

यो गीतको भाव अनुसार, निर्देशक रामजी लामिछानेले भिडियो निर्देशन गरेका छन् । भिडियोमा मानकृष्ण श्रेष्ठको छायांकन, बन्दे प्रसादको सम्पादन छ ।
भिडियोमा रोेहन नेपाली, अल्का सुवेदी, सलिना खत्री र सुरज पोखरेलले अभिनय गरेका छन् । रामजीले कलाकारको अभिनयमा पनि गहिराई खोेजेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर