सशस्त्र प्रहरीको एसएसपीमा बढुवा भएकालाई दज्र्यानी चिह्न प्रदान — OSNepal

सशस्त्र प्रहरीको एसएसपीमा बढुवा भएकालाई दज्र्यानी चिह्न प्रदान

LC (KTM) December 16, 2021 0

सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा हुनुभएका ११ अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उहाँहरुलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।

गृहमन्त्रीस्तरको यही मङ्सिर १३ को निर्णयले ११ जना प्रहरी उपरीक्षक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा हुनुभएको थियो । सोही क्रममा गृहसचिवस्तरको यही १९ गतेको निर्णयले एक जना सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका अधिकृतलाई समेत आजै दज्र्यानी चिह्न प्रदान गरिएको थियो ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले पदोन्नति वृत्तिविकासको महत्वपूर्ण पाटोका रूपमा रहेको चर्चा गर्दै उहाँहरुले राज्य र सङ्गठनमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले बढुवा हुनुभएका अधिकृतलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतिसँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पूरा गर्न पूर्णव्यावसायिक हुन निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीले व्यक्तिगत स्वार्थलाई थाँती राख्दै सामूहिक भावनाका साथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रमा क्रियाशील रहनुपर्ने बताउनुभयो । राष्ट्रको सुरक्षा, जनताको सेवामा कटिबद्ध रहँदै फौजी संस्कारमा रहेर आफू मातहतकालाई समेत मार्गदर्शन गर्दै नागरिकको मन जित्ने गरी कार्यक्षेत्रमा क्रियाशील रहन पनि उहाँले निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर