सैफ अलि खानले रानी मुखर्जीलाई किस गरेको भिडियो सामाजिक संजालमा भाइरल — OSNepal

सैफ अलि खानले रानी मुखर्जीलाई किस गरेको भिडियो सामाजिक संजालमा भाइरल

LC (KTM) December 16, 2021 0

सैफ अली खान तथा रानी मुखर्जीको जोडी चाँडै बन्टी तथा बबली २ मा धमाल मच्चाउन आईरहेको छ । दुबै सेलिब्रेटीहरु फिल्मको प्रमोशनमा एकदमै लागि परेका छन् । यसैबीच यशराज फिल्मसले सैफ तथा रानीको एक भिडियो शेयर गरेको छ । जसमा उनले हम तुम फिल्ममा आफ्नो किस सीनको बारेमा अनुभव शेयर गरेका छन् । सैफले उक्त फिल्ममा अभिनेत्री रानी मुखर्जी संग गरेको किस सिन सिनेमाको अहिले सम्मकै सबैभन्दा खराब किसको नाम दिएका छन् ।

कुराकानीका क्रममा रानी मुखर्जीले उक्त सिनका बिषयमा बताएकी थिइन् । उनले सैफ संग भनिन्– के तिमिलाई थाहा छ हामी किसिंग शटका लागि कति डराएका थियौ । यस बिषयमा बोल्दै सैफ भन्छन्– मलाई यति याद छ कि यो शट गर्नका लागि तिमि कति डराई रहेकी थियौ । म सेटमा आउने बित्तिकै त्यो दिन तिमि म संग आएर एकदमै राम्रो बन्ने कोशिस गरिरहेकी थियौ । तिमि सोधिरहेकी थियौ डा«इभ कस्तो भयो, अनि के चलिरहेको छ खबर ।

सैफ चाहान्थे कि उनी रानी संग किस नगरौ । आफुले किस गर्न नचाहे पनि बोसले भने पछि मान्नै परेको बताए । रानीले पनि त्यतिबेलाको त्यो किस सिनले आफुलाई धेरै असहज बनाएको बताएकी छिन् । फिल्म हम तुम रानी मुखर्जी तथा सैफ अली खानको करियरकै सबैभन्दा उत्कृष्ट फिल्म मध्ये एक हो । यहि फिल्ममा अभिनयका लागि सैफ अलीलाई नेश्नल अवार्ड समेत मिलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर