कांग्रेस महामन्त्रीमा गगन थापा निर्वाचित हुने पक्का ! — OSNepal

कांग्रेस महामन्त्रीमा गगन थापा निर्वाचित हुने पक्का !

LC (KTM) December 16, 2021 0

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित हुने पक्का भएको छ । ४०९० मत गन्दा उनले २६४४ मत पाएका कारण उनको जीत पक्का जस्तै भएको हो । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ६ सय मत गन्न बाँकी छ ।

४६७९ मत खसेकामा अब करिब ६ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् ।दोस्रो स्थानमा रहेका विश्वप्रका शर्माले १६८५ मत पाएका छन् । त्यस्तै प्रकाशशरण महतले १३५७, प्रदीप पौडेलले १२१७, डा। मिनेन्द्र रिजालले ७०६ र राजाराम कार्कीले ९२ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर