२५ वर्षीय एक युवकको घाँटी रेटेर टाउको छुट्टीएको अवस्थामा शव फेला — OSNepal

२५ वर्षीय एक युवकको घाँटी रेटेर टाउको छुट्टीएको अवस्थामा शव फेला

LC (KTM) December 19, 2021 0

कैलाली ४ पौष । एक युवकको शव घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेको छ ।

जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको घाँटी काटेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

विहानै साथीसंग जान्छु भनेर निस्केका दासका शव वडा नम्बर ९ कै अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छुट्टीएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुशन्धान अनुसार दासलाई रुखमा बाँधेर नग्न बनाएर घाँटी रेटर हत्या गरेको हुन सक्ने जनाएको छ ।

घटना स्थलमा तालिम प्राप्त कुुकरसहित जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली परिचालित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर