राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन नेकपा एसले बोलायो बैठक — OSNepal

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन नेकपा एसले बोलायो बैठक

LC (KTM) January 03, 2022 0

काठमाडौं १९ पौष । राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन नेकपा एकिकृत समाजवादी पार्टीले बैठक डाकेको छ ।

सोमबार बिहान बसेको सत्ता गठवन्धनको बैठकमा भागवण्डा मिलेपछि नेकपा एसले बैठक डाकेको हो । नेकपा एसको भागमा राष्ट्रिय सभाका सदस्यका लागि ५ सिट परेको छ ।

पार्टीका महासचिव डा. बेदुराम भुसालले दिएको जानकारी अनुसार उम्मेदवारको नाम टुङ्ग्याउने तयारी भइरहेकोले बैठक बोलाइएको हो ।

उनले आजै बैठक बस्ने भनिएपनि समय र स्थानको भने टुंगो नलागेको बताएका छन् ।

साथै स्रोता अनुसार १ पुरुष र ४ महिला उम्मेदवार बनाउन लागेको पनि बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर