सीमा विवादका कारण सामाजिक द्वन्द्व बढ्दै



fightएनपि न्यूज डटनेट, १५ पौष- म्याग्दी जिल्लाका विभिन्न गाविसमा सीमा विबादका कारण सामाजिक द्धन्द्ध बढ्दै गएको छ । वैज्ञानिक तरिकाले प्राकृतिक स्रोत र साधनको बाँडफाँड हुन नसक्दा एक दर्जन गाविसमा सीमा बिवाद देखिएको छ । २० बर्ष देखिको बिवाद साम्य नहुँदा स्थानीय बीच पटक-पटक झडप हुँदा सामाजिक सद्भाव समेत खल्बलिदै गएको छ ।

जिल्ला वन कार्यालयलका अनुसार, एक दर्जन गाविसमा सीमा विबाद छ । जिल्लाको दरबाङ, पाखपानी, विम, बेगखोला, दोबा, पूलाचौर, कुहूँ, ताकम र देविस्थान गाविमा सामुदायिक वनको सीमाना बिवाद र मुना र बावियाचौर गाविसमा उपभोक्ता समितिमा पदाधिकारी बीच बिवाद देखिएको जिल्ला वन कार्यालयका रेञ्जर चन्द्रमणी सापकोटाले बताउनुभयो । उच्च भु-भागमा अवस्थित धार्मिक पर्यटकीय सम्भावना बोकेको मालिका धुरी लाई दरबाङ, पाखापानी र विम गाविसले आफ्नो दाबी गरेपछि अहिले उक्त क्षेत्रमा प्रहरीको उपस्थितिमा मात्रै पूजापाठ गर्ने व्यवस्था छ ।

सामुदायिक वनमा पाईने विभिन्न प्रकारका जडिबुटि, घाँस दाउरा र चरण क्षेत्र नै विबादको मुख्य कारण हो । बहुमुल्य यार्सागुम्बा पाईने उपल्लो भेगका गाविस मल्कबाङ, मुदी, चिमखोला, गूर्जा लगायतका क्षेत्रमा बर्षेनी सीमा विवाद हुनेगरेको छ । पछिल्लो समय राखुभगवति र बेगखोला, भकिम्ली र बरंजा गाविसको बर्षौँ देखिको सीमा विबाद भने समाधान भएको जिल्ला वन कार्यालयले जनाएको छ ।

Comment