सूचना प्रविधि मेला आज पनि जारी



एनपि न्यूज डटनेट, १९ पौष- हिजो शुरु भएको क्यान इन्फोटेक तथा सूचना प्रविधि मेला पनि जारी रहनेछ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को आयोजनामा सुरु भएको मेलामा हिजो उल्लेख्य मात्रामा दर्शकहरुको सहभागिता रहेको र आजदेखि अझ बढ्ने आयोजकको विश्वास छ ।
CANसुबिसु क्यान इन्फोटेक २०१४ मा मुख्य प्रदर्शनी हलभित्र ३९ ओटा, हल बाहिर तीनओटा प्रदर्शनी कक्षहरु राखिएका छन् । मेलामा सूचना र प्रविधिको क्षेत्रका पछिल्लो सामग्रीहरु राखिएको छ । मेला प्रवेशका लागि एकसय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था छ । साथै अनलाइन टिकट बुकिङको व्यवस्था पनि गरिएको क्यानले जनाएको छ ।

Comment