लामो प्रयास पछि प्रदेश २ ले पायो नाम र राजधानी, नाम मधेस र राजधानी जनकपुर — OSNepal

लामो प्रयास पछि प्रदेश २ ले पायो नाम र राजधानी, नाम मधेस र राजधानी जनकपुर

LC (KTM) January 17, 2022 0

जनकपुरधाम ३ माघ । प्रदेश २ को नाम मधेस नामाकरण गरिएको छ । आज सोमबार भएको प्रदेश नामाकरणको मतदानमा प्रदेशसभाको नाम मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाई बहुमतका पारित भएको हो ।

१०४ सांसद मध्ये ९९ सांसद सहभागी रहेको मतदानमा ८० जनाले मधेस नामाकरणको पक्षमा मत दिएका थिए । योसँगै लामो रक्सारक्सी पछि प्रदेश २ को नाम मधेस र राजधानी जनकपुर रहन गएको छ ।

साथै प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । प्रदेशको नाम र राजधानीको टुंगो लगाउन आज सोमबार भएको मतदानमा १०४ जना सांसदमध्ये सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।

यो संख्या दुई तिहाई भन्दा बढी रहेको छ । प्रदेश २ को राजधानीको टुंगो लागेसँगै प्रदेश सभाको बैठक एक घण्टाको लागि स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार अब प्रदेशको नाम सम्बन्धी प्रस्ताव अगाडि बढाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर