८ मिनेट बसेको संसद बैठकमा राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश — OSNepal

८ मिनेट बसेको संसद बैठकमा राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश

LC (KTM) March 02, 2022 0

काठमाडौं १८ फागुन । आज बसेको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेन पेश गरेका छन् ।

संसद बैठक सुरु भएलगत्तै प्रतिपक्षी दल नेकपा एमालेले बेल घेरेरै नारावाजी गर्न सुरु गरेपछि बैठक बसेको आठ मिनेट मै स्थगित भएको थियो । आठ मिनेट बसेको संसद बैठकमा राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक सुरु भने लगत्तै एमाले सांसदहरुले नारावाजी गरेका थिए । राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश भए लगत्तै सभामुखले आजको बैठक स्थगित भएको भन्दै अब अर्को संसद बैठक फागुन २२ गते बस्ने जानकारी गराएका हुन् ।

गत भदौ २३ गते देखि एमालेले माधव नेपाल सहित १४ जना सांसदलाई गरेको कारवाहीको सूची सभामुखले टाँस्नुपर्नेलगायत माग राख्दै निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर