यूट्युबमा डेब्यू गर्दै राजेश हमाल भन्छन्, ‘काठमाडौंको मेयर बन्नु पर्छ कि क्या हो ?’ — OSNepal

यूट्युबमा डेब्यू गर्दै राजेश हमाल भन्छन्, ‘काठमाडौंको मेयर बन्नु पर्छ कि क्या हो ?’

LC (KTM) March 11, 2022 0

लामो समय सम्म नेपाली फिल्ममा योगदान दिएका महानायक राजेश हमाल अब युटुब च्यानल तिर देखिने भएका छन् । उनले राजेश हमाल अफिसियल नामको युटुब च्यानल खोलेका छन् । अभिनेता हमालले आफ्नो दिनभरीको क्रियाकलापलाई समेटेर बनाएको भ्लगको ट्रेलर सार्वजनिक गरेका हुन् । उनको युट्युबमा डेब्यु लाई लिएर फ्यानहरुले खुशी ब्यक्त गरेका छन् ।

एकजना सामाजिक सञ्जाल प्रयोगकर्ता भन्छन्– अब चाहि युटुब हेर्न पनि मज्जा आउने भयो । आफ्नो च्यानलमा पोष्ट भएको उक्त भ्लगमा अभिनेता हमालले नेताहरु प्रति कटाक्ष प्रहार गरेका छन् । भिडियोमा कारमा सवार रहेका हमालले नेताहरुले भाषण गरे पनि काठमाडौँको सौन्दर्यीकरणमा भने कसैले ध्यान नदिएको बताएका छन्। हमाल भन्छन्– काठामाण्डौ शहरलाई ब्युटिफाइ गर्ने भन्ने कुरामा कसैको ध्यान गएन। भाषणमा चाहिँ भनिरा हुन्छन् तर प्राक्टिकली गर्ने सोच नपुगेर हो कि ? ढङग नपुगेर हो कि ?

उनले आफ्नो साइडमा रहेका एक ब्यक्तिको काँधमा हात राख्दै भनेका छन्– चैने , एकचोटि यो काठमाडौँ शहरको मेयर बन्नुपर्छ कि के हो म । उनको यो भिडियो हेरेपछि फ्यानहरुले हमाललाई मेयरमा उठ्न सुझाव दिएका छन् । उनले हालेको यस ट्रेलर भिडियोमा जिममा गएको, खाएको लगायतका दिनभर गरेका क्रियाकलापहरु लाई समेटिएको छ ।

<center

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर