मान हानी हुने गरी ब्यङ्ग्य हानेको भन्दै गायक दुर्गेशले कानुनी प्रक्रियामा जाने चेतावनी दिएपछि कमेडी क्लबले हटायो युट्युबबाट प्रोमो — OSNepal

मान हानी हुने गरी ब्यङ्ग्य हानेको भन्दै गायक दुर्गेशले कानुनी प्रक्रियामा जाने चेतावनी दिएपछि कमेडी क्लबले हटायो युट्युबबाट प्रोमो

LC (KTM) March 28, 2022 0

काठमाडौं -आफ्नो मान हानी हुने गरी ब्यङ्ग्य हानेको भन्दै गायक दुर्गेश थापाले कमेडी क्लब विथ च्याम्पियन को दोस्रो भागको प्रोमो हटाउन लगाएका छन् । आफ्नो भद्धा मजाक उडाएको भन्दै निर्माण टिमलाई दुर्गेशले प्रोमो हटाउन बाध्य पारेको बताएइएको छ । कमेडीएन साजन श्रेष्ठले दुर्गेशलाई मजाक बनाउँदै आफ्नो प्रस्तुति दिए पछि दुर्गेशले आपत्ती जनाएका थिए ।

अहिल टिमले सो प्रोमो युट्युब बाट हटाइसकेको छ । पल शाह प्रकरणलाई लक्षित गर्दै दुर्गेश कसैको साथी हुनसमेत लायक नरहेको सन्देश दिन खोजिएको थियो ।प्रोमोमा सजनले भनेका थिए, ‘उहाँ चैँ, गाली खान पचाउन सिकाउने गुरु । उहाँले जस्तो गाली पचाउन कसले सक्छ र बा बा‘। उहाँ फेरि मेरो गुरु मात्र हो, साथी होइन । साथी हानिकारक हुन्छ ।’ दुर्गेशले कानुनी प्रक्रियामा जाने चेतावनी दिएपछि निर्माण टिमले सो प्रोमो हटाएको हो । युट्युबमा सार्वजनिक भए लगत्तै उक्त प्रोमो अत्यन्तै मन पराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर