आज थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि,मृतक शून्य — OSNepal

आज थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि,मृतक शून्य

LC (KTM) March 28, 2022 0

काठमाडौँ, १४ चैत-कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ३०९ जनाको कोरोना परीक्षण गरिएको थियो । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २५४ रहेको छ । पछिल्लो २४ घण्टामा ३१९ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार १४२ पुगेको छ । निको हुनेदर ९८ दशमलव सात प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन । मन्त्रालयका अनुसार शून्य सङ्क्रमित भएका जिल्ला सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, पूर्वीरुकुम, डोल्पा, हुम्ला, जुम्ला, कञ्चनपुर र बाजुरा छन् । नेपालमा सङ्क्रमणदर १७.७ प्रतिशत छ । हाल होम आइसोलेशनमा एक हजार २०६, संस्थागत आइसोलेशनमा ४८, आइसियुमा २३ र भेन्टिलेटरमा तीन जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा एक लाख ६ हजार ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर