चन्द र भट्टराईलाई मणिराज बाङमय पुरस्कार — OSNepal

चन्द र भट्टराईलाई मणिराज बाङमय पुरस्कार

LC (KTM) March 30, 2022 0

काठमाडाैं, १६ चैत – नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले विभिन्न विधाका सहित्यकारलाई पुरस्कृत तथा अभिनन्दन गरेको छ ।

प्रतिष्ठानले मंगलबार काठमाडौमा आयोजना गरेको विविध पुरस्कार एवम अभिनन्दन कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दको ८४ औँ वसन्त प्रवेशको अवसरमा अभिनन्दन तथा पुस्कार वितरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले कोरोना संक्रमणका कारण विगत वर्षमा राकिएको सम्मान कार्यक्रम यस वर्ष गरिएको बताए ।

प्रतिष्ठानले २०७५ सालको १ लाख रुपैयाँ राशीको मणिराज बाङमय पुरस्कार पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार चन्द र २०७६ सालको सोही पुरस्कार साहित्यकार डा तुलसी भट्टराईलाई प्रदान गरेको छ ।

प्रतिभा पुरस्कार दीपकप्रकाश बास्कोटालाई प्रदान गरिएको छ । स्वामी खप्तड स्वामी सत्चितानन्द सरस्वती पुरस्कार सहित्कार भरतराज पौडेललाई प्रदान गरिएको छ । प्रतिष्ठानले शास्त्री देवराज आचार्य पुस्कार २०७६ प्राडा रामचन्द्र भट्ट र खडगबहादुर प्रतिभा पुरस्कार लक्कीबहादुर चौधरीलाई प्रदान गरिएको छ ।

सो अवसरमा पूर्वप्रधानमन्त्री चन्दले डा तुलसी भट्टराईद्वारा लिखित ‘सुनेको चीन देखेपछि’ नामक यात्रा बृत्तान्त पुस्तक समेत लोकार्पण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर