कोलोम्बोमा हुने पाँचौ शिखर सम्मेलनमा चार वटा सम्झौता पत्रमा हस्ताक्षर हुँदै — OSNepal

कोलोम्बोमा हुने पाँचौ शिखर सम्मेलनमा चार वटा सम्झौता पत्रमा हस्ताक्षर हुँदै

LC (KTM) March 30, 2022 0

काठमाडौं १६ चैत । आज बुधबार श्रीलंकाको राजधानी कोलम्बोमा बिमस्टेक०को पाँचौ शिखर सम्मेलन आयोजना हुने भएको छ । उक्त सम्मेलनमा चार वटा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले दिएको जानकारी अनुसार बुधबार हस्ताक्षर हुने सम्झौता पत्रमा बिमस्टेक बडापत्र, आपराधिक मामिलामा आपसी कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धीमा हस्ताक्षर हुने भएको छ ।

साथै, अन्य दुईमा श्रीलंकाको कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापनासम्बन्धी आवद्धताको सम्झौता र कूटनीतिक तालिमका क्षेत्रमा आपसी सहयोगसम्बन्धी बिमस्टेक समझदारी पत्र रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर