कस्ताे छ आजकाे माैसम ? यी स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना — OSNepal

कस्ताे छ आजकाे माैसम ? यी स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

LC (KTM) April 19, 2022 0

काठमाडाैं, ६ वैशाख – नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ लगायत पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १,मधेस प्रदेश, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

बुधबार पहाडी भूभागसँगै मधेस प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर