निलम्वित गभर्नर अधिकारीले दिएको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुने — OSNepal

निलम्वित गभर्नर अधिकारीले दिएको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुने

LC (KTM) April 19, 2022 0

काठमाडौं ६ वैशाख । निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दिएको रिटमा आज मंगलबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुने भएको छ ।

गत चैत २४ गते सरकारको मन्त्रिपरिषद्को बैठकले गभर्नरविरुद्ध सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भणडारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेसँगै अधिकारीले स्वत निलम्बनमा परेका थिए ।

आफ्नो निलम्बनविरुद्ध सर्वोच्च पुगेका अधिकारीले आफूलाई नियमित काममा फर्काउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

निवेदनमा उनले भनेका छन्, ‘मबाट कुन कामको कार्यान्वयन नगरी कार्य क्षमताको अभाव देखिएको हो भन्ने कुराको पूर्व जानकारी समेत गराइएको छैन, ‘यसबाट नै समिति गठन अनधिकृत र गैरकानूनी रहेको प्रष्ट हुन्छ । केन्द्रीय बैंकको स्वायत्तता कायम राख्नका लागि अदालतबाट तत्काल न्यायिक हस्तक्षेप गरी प्रत्यर्थी (सरकार, अर्थमन्त्री, मन्त्रालय लगायत)को कार्य रोक्नु अपरिहार्य छ ।’

साथै , उनले अघि भनेका छन्, ‘पटकपटक मौखिक रुपमा दबाव दिंदा (मैले नमिल्ने अवगत गराउँदा) बेवास्ता गरी खाता खोल्न (फुकुवा गर्न) लिखित निर्देशन दिनुभएको र बैंकले निर्देशन कार्यान्वयन नगरेको कारण उहाँ मप्रति पूर्वाग्रही हुनु भएको प्रष्ट छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर