वडाध्यक्ष गुरुङले फिर्ता गरे वडा कार्यालयको माेटरसाइकल — OSNepal

वडाध्यक्ष गुरुङले फिर्ता गरे वडा कार्यालयको माेटरसाइकल

LC (KTM) April 20, 2022 0

खोटाङ, ७ वैशाख-खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष खगेन्द्र गुरुङले वडा कार्यालयको माेटरसाइकल फिर्ता गरेका छन् । वडाध्यक्ष गुरुङले प्रयोग गर्दैआएको प्रदेश १–०५–००१ ब ००१३ नम्बरको बाईक आसन्न स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै गाउँपालिकालाई फिर्ता गरेका हुन् ।

निर्वाचन आचारसंहिता, २०७८ लागू भएपछि वडाध्यक्ष गुरुङले गाउँपालिका पुगेर माेटरसाइकलकाे चाँबी र ब्लुबुक प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलाई हस्तान्तरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर