आज ह्वात्तै घट्यो सुनको मूल्य — OSNepal

आज ह्वात्तै घट्यो सुनको मूल्य

LC (KTM) April 20, 2022 0

काठमाडौं-आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको हो ।सुन तोलामा १५ सय रुपैयाँले घटेर आज तोलाको एक लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको भाउ हिजो पनि तोलमा चार सय रुपैयाँले घटेको थियो । हिजो सुन तोलाको एक लाख दुई हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चछाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलको १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो तोलाको १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर