हिन्दी भाषामा निर्माण भएको फिल्म 'केजीएफ २' ले प्रदर्शनको ५ दिनमै गर्यो ६ सय करोड भन्दा बढीको व्यापार — OSNepal

हिन्दी भाषामा निर्माण भएको फिल्म ‘केजीएफ २’ ले प्रदर्शनको ५ दिनमै गर्यो ६ सय करोड भन्दा बढीको व्यापार

LC (KTM) April 22, 2022 0

मुम्बई । दक्षिण भारतीयसँगै हिन्दी भाषामा निर्माण भएको फिल्म केजीएफ २ ले सिनेमा हलमा प्रदर्शनको ५ दिनमा विश्वव्यापी रुपमा ६ सय करोड भन्दा बढीको व्यापार गरिसकेको छ ।

प्रशान्त नील निर्देशित यो फिल्मले यतीबेला भारत सहित विश्वको बक्स अफिसमा आफ्नो अड्डा जमाएको छ । फिल्मले रिलिज भएयता कैयौं नयाँ रेकर्ड बनाएको छ । जुन भविष्यमा कुनै पनि फिल्मका लागि तोड्न निकै गाह्रो हुने फिल्म समीक्षकहरुको कथन छ ।

यो फिल्मले ६ दिनमा हिन्दी भाषामै करिब २४० करोडको ब्यापार गरिसकेको छ । योसँगै फिल्मले विश्वव्यापी बक्स अफिसमा ६०० करोड क्लबमा प्रवेश गरेको छ । पाँच दिनमा फिल्मको विश्वव्यापी कलेक्सन ६२५।१२ करोड रहेको छ । त्यसपछि यो भारतका शीर्ष ९ फिल्ममा परेको छ ।

सुपरस्टार यशको यो फिल्म विश्वभर १० हजारभन्दा बढी स्क्रिनमा रिलिज भएको थियो । फिल्मले यहीँबाट रेकर्ड बनाउन थाल्यो । यश, सञ्जय दत्त, रविना टण्डन स्टारर यो फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।राजधानि दैनिकमा खबर छ । साउथमा मात्रै नभई हिन्दी बजारमा पनि फिल्मले सोचेभन्दा धेरै कमाइ गरेको छ । हिन्दीमा फिल्मले पाँच दिनमा २०० करोडको आँकडा पार गरेको छ, जुन एउटा कीर्तिमान हो ।

भारतको शीर्ष १० फिल्मको सूचीमा केजीएफ २ ले अहिलेसम्म सुल्तान र बाहुबलीलाई पछि पारेको छ । अब फिल्मको अर्को लक्ष्य रजनीकान्त–अक्षय कुमार अभिनित फिल्म २।० लाई पछि पार्नु हो । सो फिल्मले ८०० करोड कमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर