के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको सुनको मूल्य — OSNepal

के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको सुनको मूल्य

LC (KTM) April 22, 2022 0

काठमाडौँ। नेपाली बजारमा साताको अन्तिम दिन सुनको मूल्य स्थिर रहेको छ । बिहिबार तोलामा १ लाख ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि सोहि मूल्यका किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख ४ सय रुपैयाँ निर्धारण गरिएको जनाइएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रति तोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

यो पनि पढ्नुहोस्- मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य-जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्नेले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।

चन्दननाथ भैरवनाथ गुठी समितिका नायबसुब्बा रत्नप्रसाद आचार्यका अनुसार पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि मन्दिरमा अनिवार्य जन्मदर्ता प्रमाणपत्र चाहिने अवधारणा अघि बढाइएको हो । मन्दिरमा सुटुक्क विवाह गर्ने तथा उमेरको सोधीखोजी गरिँदैैन भन्ने सोचका कारण उमेर नपुगेकाले पनि मन्दिरमा विवाह गर्ने गरेको गुनासो आएपछि सो व्यवस्था गरिएको उहाँको भनाइ छ ।

अहिले उमेर पुगेका मात्र विवाह गर्न मन्दिरमा आउन थालेको समितिले जनाएको छ । विवाह गर्न आएकाहरुको अभिभावकलाई अनिवार्य उपस्थित हुन समितिले आग्रह गरेको छ । उमेर नुपगेकालाई सम्झाइबुझाइ गरेर अभिभावकको जिम्मा लगाउने गरिएको आचार्यले बताउनुभयो । यसरी सम्झाउँदा पनि अभिभावकले नमाने स्थानीय प्रहरी चौकीको जिम्मा लगाउने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर