मेरी आमा र सासुका कारण मैले मेरो छोराको तस्विर सामाजिक संजालमा शेयर गर्न सकिन भन्दै भावुक बनिन् भारती — OSNepal

मेरी आमा र सासुका कारण मैले मेरो छोराको तस्विर सामाजिक संजालमा शेयर गर्न सकिन भन्दै भावुक बनिन् भारती

LC (KTM) April 22, 2022 0

कमेडी क्वीन भारती सिंह आमा बनेदेखि नै क्लाउड नाइनमा छिन् । भारती र हर्ष छोरा ‘गोला’सँग रमाइलो गरिरहेका छन् । भारती सिंह आमा बनिन् तर उनले आफ्नो सानो राजकुमारको अनुहार भने देखाएकी छैनन् । आखिर यसको कारण के हो ? भारती सिंहका फ्यानहरू आफ्नो बच्चाको एक झलक हेर्न आतुर छन् । त्यसोभए भारतीले आफ्नो ‘गोला’ को झलक कहिले संसारसामु प्रस्तुत गर्ने ?

भारती सिंहले आफ्नो पछिल्लो भ्लगमा यसको जवाफ दिएकी छिन् । भारतीले आफ्ना छोराको अनुहार फ्यानका अगाडि देखाउन आतुर रहेको बताइन् । उनको बस चलेको भए छोरा जन्मेपछि मात्रै सामाजिक सञ्जालमा आफ्नो तस्बिर अपलोड गर्ने थिइन् तर परिवारका सदस्यका कारण भारतीले त्यसो गर्न सकेकी छैनन् ।

भारतीले आफ्नी आमा र सासुले बच्चाको फोटो कसैलाई नदेखाउन आग्रह गरेको बताइन् । बालबालिकाको तस्बिर ४० दिनसम्म सामाजिक सञ्जालमा अपलोड गर्न नहुने उनीहरुको आमाको भनाइ छ । बुढापाकाको यो कुरालाई ध्यानमा राख्दै भारती सिंहले छोरा गोलाको अनुहार लुकाउने निर्णय गरेकी छिन् । भारती सिंह भन्छिन् कि यदि ठूलाहरूले यस्तो भनेका छन् भने, केहि भएको हुनुपर्छ।

त्यसैले फ्यानहरू लाई छोरा देखाउन केही दिन पर्खिरहेकी छिन् र छिट्टै कमेडी क्वीन भारती सिंहले आफ्नो बच्चाको तस्बिर अपलोड गर्ने छिन् । छोराको ४० दिन पूरा भएपछि भारती सिंहको क्यूट गोला सबैले देख्न पाउनेछन् । भारतीले भिडियोमा गोला निकै स्वस्थ रहेको पनि बताएकी छिन् । गोलु मोलु जस्तो देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर