प्रचण्डकी छोरी भरतपुर महानगरकी मेयर रेणु दाहालले भरतपुर महानगरबाट राजीनामा — OSNepal

प्रचण्डकी छोरी भरतपुर महानगरकी मेयर रेणु दाहालले भरतपुर महानगरबाट राजीनामा

LC (KTM) April 22, 2022 0

भरतपुर-भरतपुरकी महानगरकी मेयर रेणु दाहालले राजीनामा दिएकी छन् । वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न राजीनामा दिनपर्ने भएकाले उनले राजीनामा दिएकी हुन् ।

सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि दोस्रोपटक उम्मेदवार बन्न राजीनामा दिएकी हुन् ।

उनले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार उठाउने सहमति गरेको थियो। यस्तै उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।माओवादी केन्द्रबाट रेणु निर्विकल्प उम्मेदवार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर