मुम्बईको लगातार खराब प्रदर्शन जारी, आठौं हार — OSNepal

मुम्बईको लगातार खराब प्रदर्शन जारी, आठौं हार

LC (KTM) April 25, 2022 0

काठमाडौं, १२ वैशाख-लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार आठौं खेलमा बेहोरेको छ ।आइतबार मुम्बईमा पाँच पटकको च्याम्पियन मुम्बई पराजित भएसँगै प्ले अफको सम्भावना समेत लगभग सकिएको छ ।

जितका लागि १६९ रनको लक्ष्य पाएको मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै ३२ रनमा समेटियो ।मुम्बईका रोहित शर्माले सर्वाधिक ३९ रन बनाए । यस्तै तिलक बर्माले ३८ रन बनाए ।लखनऊका क्रुनाल पान्ड्याले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेेकाे थियाे ।लखनऊका कप्तान लोकेश राहुलले सर्वाधिक १०३ रन बनाए । यस्तै मनिष पाण्डेले २२ रन बनाए ।

मुम्बईका काइरन पोलार्डले र राइली मेरिडीथले समान २ विकेट लिए ।जितसंगै लखनऊ ८ खेलबाट ५ जित सहित १० अंक बनाएर चौथो स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर