गठबन्धनका नेताहरूको अभिव्यक्ति सुन्दा एक दिन अब यसको हिसाव मिलान गर्नुपर्नेछ बस ! : मन्त्री झाँक्री — OSNepal

गठबन्धनका नेताहरूको अभिव्यक्ति सुन्दा एक दिन अब यसको हिसाव मिलान गर्नुपर्नेछ बस ! : मन्त्री झाँक्री

LC (KTM) April 25, 2022 0

काठमाडौं १२ वैशाख । नेकपा एकिकृत समाजवादी पार्टीकी नेत्रृ तथा शहरी विकास मन्त्री रामकुमारीले झाँक्रीले गठबन्धन सन्तोषजनक र सम्मानजन नभएको बताएकी छन् ।

मन्त्री झाँक्रीले गठबन्घन दलहरूको विचमा आफैभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन नसकेको भन्दै गठबन्धन सन्तोषजनक र सम्मानजन नभएको बताएकी हुन् ।

गठबंधनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाव मिलान गर्नुपर्ने देखिएको बताएकी उनले भनिन्, हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो।

उनले भनिन्, ‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्घनका दलहरूको विचमा हामीले आफै भित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौ। हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो। यो विचमा गठबंधनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाव मिलान गर्नुपर्ने छ। बस !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर