मेयरको आश्वासन पाएर एमाले प्रवेश गरेका जानकीरामले मेयरको टिकट नपाएपछि गरे पार्टी परित्याग — OSNepal

मेयरको आश्वासन पाएर एमाले प्रवेश गरेका जानकीरामले मेयरको टिकट नपाएपछि गरे पार्टी परित्याग

LC (KTM) April 25, 2022 0

काठमाडौं १२ वैशाख । मेयरको टिकट पाउने आशमा नेकपा एमाले प्रवेश गरेका जानकीराम साहले पार्टी परित्याग गरेका छन्।

६ दिन अघि मात्र नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले जनकपुरधाम उपमहानगरको मेयर टिकट पाउने आशमा पार्टी प्रवेश गरेका थिए ।

तर, एमालेले जनकपुरको मेयरमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाएपछि साहले सोमबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

आज दिउँसो पार्टी परित्याग गरेका साहले स्वतन्त्र उम्मेदवारी दिने तयारीमा लागेका छन् ।

तथापी, उनलाई मेयरको लागि नवगठित तराई मधेस लोकतान्त्रिक पार्टीबाट समेत टिकटको अफर भने आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर