कांग्रेसले काठमाडौं र भक्तपुरका सबै नगरपालिकामा टुंग्गायो उम्मेदवारको नाम — OSNepal

कांग्रेसले काठमाडौं र भक्तपुरका सबै नगरपालिकामा टुंग्गायो उम्मेदवारको नाम

LC (KTM) April 25, 2022 0

काठमाडौं १२ वैशाख । नेपाली कांग्रेसले काठमाडौं र भक्तपुरका सबै नगरपालिकामा मेयर र उपमेयर उम्मेदवारको टुंगो लगाएको छ । सोमबार ब सेको वाग्मती प्रदेश संसदीय समितिले सबै नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको हो ।

तारकेश्वर नगरपालिकाको मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा श्रृजना बुर्लाकोटी,नागार्जुन नगरपालिकाको मेयरमा मोहनबहादुर बस्नेत र उपमेयरमा कल्याणी खड्का, बुढानिलकण्ठ नगरपालिकाको मेयरमा विनोद चालिसे र शंखरापुर नगरपालिकाको मेयरमा ओम कार्की र उपमेयरमा समिता श्रेष्ठलाई कांग्रेसले उम्मेद वार बनाएको छ ।

त्यसैगरी , काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा उपेन्द्र कार्की , गोकर्णेश्वर नगरपालिकाको मेयरमा दीपक रिसाल र उपमेयरमा शान्ति नेपालको नाम टुंग्गो लागएको छ । चन्द्रागिरी नगरपालिकाको मेयरमा घनश्याम गिरी र उपमेयरमा यमुनादेवी श्रेष्ठलाई उम्मेद वारी बनाएको कांग्रेस वाग्मती प्रदेश कार्यालयले जनाएको हो ।

साथै , भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको मेयरमा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकाको मेयरमा निशान ढुंगेल, चाँगुनारायण नगरपालिकाको मेयरमा जीवन खत्री र भक्तपुर नगरपालिकाको मेयरमा राम कासुलाको नाम टुंग्गो लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर