एमालेबाट धनगढीको मेयरमा रणबहादुर र उपमेयरमा नन्दकला — OSNepal

एमालेबाट धनगढीको मेयरमा रणबहादुर र उपमेयरमा नन्दकला

LC (KTM) April 25, 2022 0

धनगढी, १२ वैशाख-नेकपा एमाबाट धनगढी उपमहानगरको मेयरमा रणबहादुर चन्द र उप मेयरमा नन्दकला रानाले उम्मेदवारी दिएका छन् । मेयरका आकांक्षी चन्दले एमाले नेता दुर्गा जोशीको प्रस्ताव र जीवनकुमार बमको समर्थनमा उम्मेदवाी दर्ता गराएका हुन् ।

प्रस्तावक र समर्थक दुवै धनगढीको मेयर पदका आकांक्षी हुन् ।यसैगरी, उपमेयरका आकांक्षी रानाले लक्ष्मी केसीको प्रस्ताक र कोइलीदेवी चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् ।उम्मेदवारी मनोनयनका क्रममा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य नारदमुनि राना, प्रदेश सचिव धर्मराज पाठक लगायतको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर