एशेज क्रिकेट: चौथो टेष्टको पहिलो दिन अष्ट्रेलियाको राम्रो प्रदर्शन



troffyईङल्याण्ड र अष्ट्रेलिया बिच जारि एशेज क्रिकेट श्रृखंला अन्तर्गतको चौथो टेष्टको पहिलो दिन अष्ट्रेलियाले राम्रो प्रदर्शन गरेको छ।

टस जितेर पहिले व्याटिङ गरेको ईङल्याण्डले दिनको समाप्तीमा ९ विकेटको नोक्सानीमा २३८ रन बनाएको छ। उसकालागि कप्तान एलेस्टर कुकले ५१ रन र जोनाथन ट्रटले ४९ रनको योगदान गरेका थिए।

व्याटइङकोलागि राम्रो मानिएको पिचमा अष्ट्रेलियाका बलरहरुले राम्रो प्रदर्शन गर्दै ईङल्याण्डका व्याट्सम्यानहरुलाई लामो सयसम्म क्रिजमा टिक्न दिएनन्। उक्त क्रममा नाथान लायोनले ४ विकेट लिएका थिए भने रायन ह्यारिसले २ विकेट हात पारेका थिए।

एक समय १४८ रनको स्थितीमा २ विेकेट गुमाएको ईङल्याण्ड १९८ रन हुँदा ८ विकेट गुमाउन पुगेको थियो। अष्ट्रेलियाको सटिक र कसिलो बलिङ सामु ईङल्याण्ड हड्न सकेन।

तेस्रो टेष्टमा राम्रो प्रदर्शन गरेको अष्ट्रेलियाले लय समातेको छ भने एशेज ट्रफी हात पारीसकेको ईङल्याण्डले लय गुमाएको जस्तो देखिन थालेको छ।

Comment