नेपाली टेनिस टोली सिंगापुर प्रस्थान

Posted By OS Nepal || Date: 18 October, 2016

nepali-tenish-teamकाठमाडौँः सिंगापुरमा आयोजना हुने डब्लुटीए रोड टुमा सहभागी हुन दुई नेपाली टेनिस खेलाडी सिंगापुर गएका छन् । सोमबार दुई खेलाडी मायांका राणा र इरा रावत प्रशिक्षक कृष्णराज घलेसँगै सिंगापुर गएका हुन् ।

सिंगापुरमा अक्टोबर १७ देखि २४ सम्म हुने प्रतियोगितामा राणाले यु–१६ तथा रावतले यु–१४ उमेरसमूहको महिला सिंगल्समा प्रतिस्पर्धा गर्नेछन्।

अघिल्लो वर्ष मे १ र २ तारिखमा भएको छनोट प्रतियोगिताबाट मायांका र इरा पहिलो स्थानमा रहँदै रोड टु सिंगापुरका लागि छनोट भएका थिए ।

मायांका र इराको स्पर्धामा उनीहरुसहित समान २०–२० खेलाडी सहभागी हुने प्रशिक्षक घलेले जानकारी गराए।

२० खेलाडीलाई विभिन्न चार समूहमा विभाजन गरी खेल खेलाइने छ। समूहको शीर्ष स्थानमा रहने खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन्।
सिंगापुरमा हुने यो प्रतियोगितामा सिंगापुरसहित नेपाल, अस्ट्रेलिया, चीन, चाइनिज ताइपेईं, हङकङ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, न्युजिल्यान्ड, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड, उज्वेकिस्तान, भियतनाम र प्यासिफिक ओसिएना क्षेत्रका खेलाडीको सहभागिता रहने प्रशिक्षक घलेले जानकारी दिए ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!