जाजरकोटमा नेकपा एस , माओबादी र कांग्रेस कार्यकर्ता बीच झडप, स्थिती नियन्त्रणमा लिन प्रहरीद्धारा हवाई फायर — OSNepal

जाजरकोटमा नेकपा एस , माओबादी र कांग्रेस कार्यकर्ता बीच झडप, स्थिती नियन्त्रणमा लिन प्रहरीद्धारा हवाई फायर

LC (KTM) May 04, 2022 0

स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा दलका कार्यकर्ता बीच झडपका खबरहरु आउन थालेका छन् । यसैक्रममा जाजरकोटको कुसे गाउँपालिका–९ जुर्गेमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू बीचमा झडप भएको छ । झडप भएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीलाई हवाइ फायर गर्नु परेको छ।

माओवादी र समाजवादीका एक सयभन्दा बढी कार्यकर्ता र कांग्रेसका ७० भन्दा बढी कार्यकर्ताहरुको बीचमा झडप भएको प्रहरीले जनाएको छ। करिब आज दिउँसो पौने २ बजे तिर चुनाव प्रचार–प्रसारका क्रममा झडप भएको हो । झडप भएपछि उत्पन्न तनाव लाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो । सो बेला प्रहरी माथि नै ढुंगामुढा भएको थियो ।

त्यसपछि प्रहरीले एक राउण्ड हवाई फायर गर्नु परेको थियो। स्थिति तानवग्रस्त बनेपछि सुरक्षाकर्मी परिचालन गरिएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए। झडपमा परी कांग्रेसका एक कार्यकर्ता घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर