नौ कक्षाको परीक्षामा प्रश्न सोधियोः विराट कोहलीकी प्रेमीकाको नाम के हो ?

Posted By OS Nepal || Date: 18 October, 2016

anushka-viratएजेन्सीः विश्व क्रिकेटमा भारतीय टेस्ट क्रिकेट कप्तान विराट कोहली र नायिका अनुष्का शर्माको प्रेमको चर्चा व्यापक भइराखेको छ । तर, यस्तो विषय विद्यालय शिक्षाको परीक्षामा सोधिन्छ भनेर कसैले अनुमान गर्दैन् ।

प्रेमको चर्चा बढ्दै गएपछि स्कुलको परीक्षामा यो प्रेम जोडीको विषयमा प्रश्न सोधिएपछि यो प्रसंगले थप चर्चा पाएको छ।

भारतको एक विद्यालयले नौ कक्षाको परीक्षामा क्रिकेट कप्तान विराट कोहलीकी प्रेमिकाको नाम सोधेको हो । भारतको
महाराष्ट्रको भिविन्डीस्थित चाचा नेहरु हिन्दी हाई स्कुलको फिजिकल ट्रेनिङ (पिटी) को प्रश्नपत्रमा विराटको प्रेमिकाको नाम सोध्दै उत्तरको लागि ३ वटा विकल्प दिइएको थियो।

भारतीय सञ्चार माध्यमका अनुसार कोहलीकी प्रेमिकाको नाम सोधिएको प्रश्नका लागि विकल्पमा प्रियंका चोपडा, अनुष्का शर्मा र दीपिका पादुकोणको नाम उल्लेख गरिएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!