भौतिक मन्त्री लेखक स्वदेश फिर्ता

Posted By OS Nepal || Date: 18 October, 2016

काठमाडौँ, २ कात्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक बोलिभियामा सम्पन्न सडक सुरक्षासम्बन्धी सम्मेलनमा भाग लिई आज स्वदेश फर्कनुभएको छ । मन्त्री लेखकले सम्मेलनमा भूपरिवेष्ठित अल्पविकसित मुलुकसँग सम्बन्धित भियना कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका बारेमा गहन छलफल भएको जानकारी दिनुभयो ।

मन्त्रिस्तरीय उक्त सम्मेलनमा सडक पूर्वाधार सुरक्षा, यातायात ट्रान्जिट सुधार, भूपरिवेष्ठित मुलुकको पारवहन अधिकारलगायत विषयमा छलफल भएको थियो । संयुक्त राष्ट्र सङ्घले घोषणा गरेको दिगो विकासका लक्ष्य हासिल गर्ने सम्बन्धमा सदस्य मुलुकले अपनाउनुपर्ने प्रयास र सहकार्यका बारेमा समेत छलफल भएको उहाँले बताउनुभयो । सम्मेलनमा भाग लिन मन्त्री लेखक गत असोज २५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!