माइक्रो बसको ठक्करबाट झापामा बालकको मृत्यु

Posted By OS Nepal || Date: 18 October, 2016

झापा, २ कात्तिक । पूर्व पश्चिम राजमार्गस्थित शिवसताक्षी सडकखण्डको दुधेमा सोमबार माइक्रो बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–६ निवासी श्रीप्रसाद पौडेलका छोरा रोज पौडेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३ ख ७८७० नम्बरको माइक्रो बसले सडक किनारमा हिँड्दै गरेका उनलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते बनेका पौडेलको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!