अब नेपालमा युरो फोर मापदण्डको इन्धन

Posted By OS Nepal || Date: 18 October, 2016

petrol_4_0_1_0_0काठमाडौँः नेपालीले केही समयभित्रै युरने फोर मापदण्डको इन्धन खरिद गर्न पाउने भएका छन्।

नेपाल आयल निगमले युरो फोर बीएसफोर मापदण्डको इन्धन डिजेल र पेट्रोल भारतबाट भित्र्याउने तयारी गरेको छ।

यसका लागि २ मुलुकबीच सैद्धान्तिक सहमति भइसकेका छन् । हाल नेपालले भारतबाट युरो थ्री मापदण्डको इन्धन भित्र्याउँदै आएको छ।

युरो फोर अत्यन्त न्इुन परिमाणमा प्रदूषण उत्सर्जन गर्नेै विशेषता भएको यन्धन हो । निगम र इन्डियन आयल कार्पोरेसन बीच यही असोज पहिलो साता मुम्बईमा सम्पन्न द्विपक्षीय व्यापार सम्भौता नवीकरणसम्बन्धी पूर्वतयारी बैठकमा युरो फोर मापदण्डको इन्धन नेपाललार्य उपलब्ध गराउने विषयमा र्सैद्धान्तिक सहमति भएको हो ।

यो सहमति अनुसार सन् २०१७ देखि आईओसीले नेपाललाई युरो फोर मापदण्डकै इन्धन उपलब्ध गराउने खबर आजको अन्नपूर्णमा छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!