को हुन् फुपूका छोराको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएर मनपरी बोल्दै भाइरल बनेका युवक ? — OSNepal

को हुन् फुपूका छोराको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएर मनपरी बोल्दै भाइरल बनेका युवक ?

LC (KTM) May 05, 2022 0

कपिलवस्तु ।

म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् । कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी भएको भन्दै भिडियोमा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाई मिदी भइसकेको छ ।’

प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका रेग्मीलाई सोधुपुछ गर्ने क्रममा उनी म्यादी नै नभएको खुलेको हो । राजधानि दैनिममा खबर छ । रेग्मीले आफ्ना फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएको खुलेको एसएसपी केसीले बताए ।

‘रेम्मी म्यादी प्रहरी नभए पनि पुरण घरमा नभएको बेला उनले पोशाक लगाएको खुलेको छ,’ एसएसपी केसीले भने । प्रहरीले पुरणसँग समेत पोशाक’दयगतमा सोधपुछ गरेको छ ।

तर, पुरणले आफू घरमा नभएका बेला पोशाक लगाएर दुरुपयोग गरेको प्रहरीलाई बताएका छन् । सार्वजनिक अपराध र अभद्र व्यवहार गरेको कसुरमा उनीहरुविरुद्ध मुद्द चलाइने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर