घाटा बिर्सिएर सरकार फेरी चार वटा चिनियाँ जहाज खरिद गर्दै

Posted By OS Nepal || Date: 18 October, 2016

काठमाडौः राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका लागि सरकारले थप जहाज खरिद गर्ने भएको छ। सञ्चालनमा रहेका चिनियाँ जहाजका कारण करोडौं घाटा व्यहोरिरहेको सरकारले पुनः जहाज थप्ने भएको हो ।

जहाज थप्ने योजना अनुसार सरकारले चार चिनियाँ जहाज खरिदको प्रस्तावलाई अगाडि बढाएको  छ।

चिनियाँ जहाजबाट ठूलो नोक्सानी ब्यहोरे पनि सरकारले पुनः ४ वटा चिनियाँ जहाज खरिदको प्रस्तावलाई अघि बढाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री जीवनबहादुर शाहीले निगम नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खरिदको प्रक्रियामा रहेका ४ वटा जहाज ल्याउने विषयमा छलफल गरी निर्णय गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयले यसअघि जहाज खरिद प्रक्रियाको निर्णय गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!