होटलमा यौन रसमा रमाइरहेका ११ जोडी एकसाथ पक्राउ

Posted By OS Nepal || Date: 18 October, 2016

बुटवलः पछिल्ला दिनमा चिया पसल र होटल यौन अखडा बन्दै गएका छन् । प्रहरीले विभिन्न समयमा होटलबाट यौन रसमा रमाइरहेका जोडी पक्राउ गर्ने गरे पनि यो होटल निरन्तर यौन अखडा बन्दै गएका खबर सार्वजनिक भइराखेका छन् ।

यही क्रममा प्रहरीले बुटवलका विभिन्न होटलबाट आइतबार राती यौन क्रियाकलाप गरिरहेको अवस्थामा ११ जोडीलाई रंगेहात पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नियमित जाँचका क्रममा विभिन्न होटलबाट एघार एघार पुरुष र महिलालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।

प्रहरीले ११ जोडीसँगै होटलमाथिकसँग होटलभित्र हुने यौन जन्य क्रियाकलापका विषयमा सोधपुछ भइरहेको जनाएको छ । प्रहरीले पटकपटक होटलबाट यौन क्रियाकलापमा संलग्न जोडी पक्राउ गरेर होटलवालालाई सचेत गराए पनि यो क्रम रोकिएको छैन । प्रहरीले अनुसन्धानका लागि विभिन्न होटल धनीलाई पनि निगरानीमा राखेको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!