भरतपुरमा सत्ता गठबन्धनको चुनावी कार्यक्रम स्थल वर्षाले क्षतविक्षत — OSNepal

भरतपुरमा सत्ता गठबन्धनको चुनावी कार्यक्रम स्थल वर्षाले क्षतविक्षत

LC (KTM) May 05, 2022 0

भरतपुर- भरतपुरमा गठबन्धनले चुनावी कार्यक्रम गर्न तयार गरेको मञ्च पानीले क्षतविक्षत पारेको छ । गए राती देखी परेको वर्षाले चुनावी कार्यक्रम स्थल क्षतविक्ष पारेको हो भने त्यसआसपासका क्षेत्र पानीले भरीभराउ भएका छन् । यद्यपि कार्यक्रम भने नरोकिने बताइएको छ । कार्यक्रम सम्बोधनका लागी सभापति शेरबहादुर देउवा बुधबार नै भरतपुर पुगिसकेका छन् ।

प्रधानमन्त्री देउवाक अलावा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एस० अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

भरतपुर महानगरको मेयरका लागि गठबन्धनका साझा उम्मेदवार रेनु दाहाल छिन् । आज उनकै लागि मतमाग्ने कार्यक्रम छ । काँग्रेसको एक पक्षले चितवनमा गठबन्धन नमान्ने अडान लिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर