प्रियंका चोपडाले माफि मागिन्

Posted By OS Nepal || Date: 18 October, 2016

travellersएजेन्सीः बलिवुड तथा हलिवुडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले माफि मागेकी छिन् ।

ट्राभलर म्यागजिनको कभरमा रहेको आफ्नो तस्बिरप्रति प्रियंकाले माफि मागेकी हुन् । ट्राभलर म्यागजिनको कभरमाप्रकाशित तस्बिरप्रति चर्को आलोचना भएपछि प्रियंकाले माफि मागेकी हुन् ।

ट्राभलर म्यागजिनको कभरमा छापिएको प्रियंकाको तस्बिर असंवेदनशील भएको भन्दै सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएपछि उनले माफि मागेकी हुन् । तस्बिरले शरणार्थी र अप्रवासीलाई अपमान गरेको आरोप लगाइएको छ ।

प्रियंकाले लगाएका टिसर्टमा माइग्रेन्ट, रेफ्युजी, आउटसाइडर र ट्राभलर लेखिएको छ । टिसर्टमा लेखिएका चार अक्षरमध्ये माइग्रेन्ट, रेफ्युजी र आउटसाइडरलाई रातो तर्साले काटिएको छ भने ट्राभलरलाई काटिएको छैन ।

यो हर्कतले विश्वभर छरिएका शरणार्थी र आप्रवासीमाथि अन्याय भएको भन्दै यो तस्बिरका लागि प्रियंका तथा म्यागजिन दुवैको आलोचना भएको छ ।

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रियंकाले एक अन्तर्वाताको क्रममा तस्बिरप्रति माफि मागेकी छिन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!