बागी उम्मेदवार पौडेलले रामचन्द्रलाई भने-धेरै अगाडि बढिसक्यौं उत्साहजनक अवस्था रहेकाले अब कसैलाई पनि समर्थन गर्न सकिँदैन — OSNepal

बागी उम्मेदवार पौडेलले रामचन्द्रलाई भने-धेरै अगाडि बढिसक्यौं उत्साहजनक अवस्था रहेकाले अब कसैलाई पनि समर्थन गर्न सकिँदैन

LC (KTM) May 05, 2022 0

काठमाडौ २२ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुरमा वागी उम्मेदवार दिएका जगन्नाथ पौडेललगायतको टोलीसँग छलफल गरेका छन् ।

नेता पौडेलले जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मिना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठ सँग पनि छलफल गरेका हुन् ।

छलफलमा नेता पौडेलले बागी उम्मेदवार दिएका जगन्नाथसँग उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरिएको बताइएको छ । तर नेता पौडेलको आग्रहलाई जगन्नाथले अस्विकार गर्दै

आफुहरु धेरै अगाडि बढेको, उत्साहजनक अवस्था रहेकाले कसैलाई पनि समर्थन गर्न नसकिने बताएका छन् । यता पौडेलले भने , ‘हामी कांग्रेस बचाउन रूख बचाउन लागेको हो, बरू तपाईंहरू किन यसमा लाग्नुभएन भनेर प्रश्न गयौं ।’

पौडेलका समर्थक बयोवृद्ध नेता कृष्णलाल सापकोटाले पनि अब सभापति शेरबहादुर देउवासँग कुरा गर्नुको कुनै औचित्य नभएकाले अब भेट्न नआउने स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर