रोल्पामा जनचेतनाले उजुरी बढे

Posted By OSNepal, California, USA || Date: 18 October, 2016

रोल्पा, २ कात्तिक । गाउँमा हुने अधिकांश घटना गाउँमै मिलाउने गरिएको रोल्पाका ग्रामीण भेगमा पछिल्ला दिनमा भने सरकारी निकायमा आएर मुद्दा गर्नेको सङ्ख्या बढेको छ । अघिल्लो आर्थिक वर्ष जम्मा दर्ता मुद्दाको सङ्ख्या १२७ रहेकोमा गत आवमा यो सङ्ख्या १३९ पुगेको थियो । rolpaदर्ता भएका मुद्दामा अघिल्लो वर्ष ज्यानसम्बन्धी ५२ वटा मुद्दा दर्ता भएका थिए भने गत आवमा ५० रहेको थियो । यसैगरी, आत्महत्यासम्बन्धी अघिल्लो आर्थिक वर्ष ४१ वटा मुद्दा दर्ता भएकोमा गत वर्ष यो सङ्ख्या बढेर ६६ पुगेको थियो । चोरीसम्बन्धी मुद्दा अघिल्लो वर्ष दुईवटा रहेकोमा गत वर्ष चारवटा दर्ता भएका थिए । यसैगरी, सङ्गठित तथा आर्थिक अपराधअन्तर्गतका घटना अघिल्लो वर्ष १३ वटा दर्ता भएकोमा गत वर्ष यसको सङ्ख्या दुई मात्र रह्यो । सामाजिक अपराधका घटना अघिल्लो वर्ष छवटा रहेकोमा गत वर्ष आठ वटा दर्ता भएका थिए ।

यसैगरी महिला तथा बालबालिकासम्बन्धी घटनाका मुद्दा अघिल्लो आवमा सातवटा थिए भने गत वर्ष चारवटा मात्र दर्ता भए । सवारीसम्बन्धी अघिल्लो वर्ष चारवटा मुद्दा दर्ता भएकोमा गत वर्ष यो सङ्ख्या बढेर पाँच पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।

सामाजिक अपराधका घटनाको उजुरी प्रहरी कार्यालयमा बढ्दै जानुले नागरिकमा चेतनास्तर उठेको रुपमा अथ्र्याउनु हुन्छ महिला मानव अधिकार रक्षक सञ्जाल, रोल्पाका अध्यक्ष तीर्था आचार्य । सामुदायिक प्रहरी सेवा केन्द्र रोल्पाले समेत हरेक वर्ष गाउँ गाउँ पुगी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको हुँदा नागरिकलाई न्यायको ढोकासम्म आउन सहज भएको सामुदायिक प्रहरी सेवा केन्द्र रोल्पाका अध्यक्ष निमबहादुर सिंहले बताउनुभयो । रासस

.

Loading...
संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!