सुदूरपश्चिममा शिक्षाका लागि खाद्य कार्यक्रम विस्तार

Posted By OS Nepal || Date: 18 October, 2016

कैलाली, २ कात्तिक । सुदूरपश्चिमका ४२८ निम्न माध्यमिक विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रम थप विस्तार गरिएको छ । यो कार्यक्रम कार्यान्वयनबाट बाल विकास केन्द्र, प्राथमिक विद्यालय र निमावि समेत गरी एक हजार ८०१ विद्यालयका एक लाख ८८ हजार ११९ विद्यार्थी लाभान्वित भएका खाद्य कार्यक्रम परियोजना समन्वय कार्यालयले जनाएको छ । विद्यालयका छात्रछात्राको उपस्थिति दर वृदि गर्न प्रत्येकलाई दैनिक ९० ग्राम पोषणयुक्त पिठो, १० ग्रामका दरले महिनामा एक पटक तेल र १० ग्राम चिनी वितरण गर्ने गरिन्छ । साथै दिउँसोको खाजाबापत हलुवा पकाएर खुवाइने गरिन्छ ।

सुदूरपश्चिमको तराईका जिल्ला कैलाली र कञ्चनपुरबाहेक सबै सात जिल्लामा कार्यक्रम कार्यान्वयनमा छ । गत वर्षसम्म यो कार्यक्रम बाल विकास केन्द्र र प्राथमिक विद्यालयमा मात्र लागू भएको थियो । यो परियोजना कार्यान्वयनका लागि विद्यालयमा विद्यार्थी भर्ना दर, खाद्यान्नको उत्पादन दर, कुपोषणको अवस्थाका विषयमा गाविस र विद्यालय छनोट गर्ने गरेको कार्यालयका प्रमुख नेत्रप्रसाद पन्तले बताउनुभयो । विश्व खाद्य कार्यक्रमको सहयोगमा सरकारले यो परियोजना सञ्चालन गरेको हो । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!