बौद्धमा ‘बज्रगुरु जप कार्यक्रम’ सुरु

Posted By OS Nepal || Date: 18 October, 2016

काठमाडौँ, २ कात्तिक । ह्याल्मो समाज सेवा केन्द्रले विश्व शान्तिका लागि विश्व ब्रह्माण्डमा रहेका सम्पूर्ण प्राणी जीवको कल्याणका लागि ‘बज्रगुरु जप कार्यक्रम’ आज सुरु गरेको छ । काठमाडौँको बौद्ध तीनचुलीमा यही कात्तिक २४ गतेसम्म जारी रहने सो कार्यक्रममा १० करोड मन्त्र जप गरिनेछ ।

महायानी सम्प्रदायका अनुयायीले विभिन्न आध्यात्मिक गतिविधि गरिने कार्यक्रममा ‘ओम आहुँ बज्रगुरु पेमा सिद्धि हुँ’ नामक मन्त्रलाई सम्बन्धित लामा गुरुको सहयोगमा जप गरिने कार्यक्रमका संयोजक फु रिता शेर्पाले जानकारी दिनुभयो ।

महायनी सम्प्रदायका सिद्ध गुरु पद्म सम्भवको मुख्य मन्त्रका रुपमा लिइएको सो मन्त्र जप गरेमा मानिसको मन, वचन र कर्म शुद्धीकरण भई पापबाट मुक्ति भइने विश्वास रहेको ह्याल्मो गुम्बाका अध्यक्ष ढाक्पा दोर्जे लामाले बताउनुभयो ।

ती सम्प्रदायले शाक्यमुनि बुद्धलाई पहिलो बुद्ध तथा गुरु पद्म सम्भवलाई दोस्रो बुद्धका रुपमा सम्मान गर्ने गर्दछन् । यसरी उक्त मन्त्र जप गरेमा मानव कल्याणका लागि प्रेरणा मिल्ने जनविश्वास समेत छ । उक्त केन्द्रले बौद्ध दर्शन तथा साहित्यलाई प्रवद्र्धन गर्न विभिन्न आध्यात्मिक तथा सामाजिक कार्य गर्दै आएको छ । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!