रातो कमल फुल्ने ताल


बर्दिया, २ कात्तिक । सतन्जीमा ६० बिघा क्षेत्रफलमा फैलिएको सत्खलुवा (सतपटुवाल) ताल संरक्षण गर्नुपर्ने माग गरिएको छ । बाह्रै महिना पानी नसुक्ने सो ताल अतिक्रमणमा पर्ने गरेको स्थानीयवासीको गुनासो छ । पौराणिक कथानुसार देवीदेवताले मान्छे सँगै खेल्दै हराउने अर्थात् सत्पताउने भएकाले सो तालको नाम सतपटुवाल रहेको हो । चुरे क्षेत्रको नजिकै अवस्थित धधवार गाविसमा रहेको प्राकृतिक सत्खलुवा तालमा कसैको नजर नपर्दा ओझेलमा परेको हो ।kamal नेपालमा सिमसार क्षेत्रको संरक्षणका नाउँमा अरबौँको खोलो बगाए पनि जोखिममा रहेका प्राकृतिक सिमसार क्षेत्र सुक्दै गएको छ । दाताले सिमसार क्षेत्रको संरक्षणमा दीर्घकालीन योजना नल्याउँदा सिमसार क्षेत्रमा गरिएको लगानी खेर गएको धधवारका तुलसीराम थारु बताउनुभयो । “हिउँदमा चारैतिरको पानी सुक्दा समेत सत्खलुवा तालमा पानी रहने हुँदा जरायो, बाघ, विभिन्न चराचुरुङ्गीलगायत अजिरङ्गरको समेत ताल क्षेत्र वासस्थान बनेको छ”–उहाँले भन्नुभयो ।

प्राकृतिक सौन्दर्य र विशेषता बोकेको सत्खलुवा ताल पूर्वपश्चिम राजमार्गको उत्तर चुरेको काखमा अवस्थित छ । दुर्लभ रातो कमलको फूल हेर्न स्थानीय पर्यटक यहाँ आउने गर्छन् । ताल र त्यहाँको प्राकृतिक सुन्दरताको संरक्षण गरिदिन स्थानीयवासीले सरकार र सङ्घसंस्थासँग माग गरेका छन् । रासस

Comment