रेणु दाहाललाई भोट माग्न चितवन नआउने भनेपछि शेखर कोइरालालाई देउवाको फोन — OSNepal

रेणु दाहाललाई भोट माग्न चितवन नआउने भनेपछि शेखर कोइरालालाई देउवाको फोन

LC (KTM) May 05, 2022 0

काठमाडौ २२ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालालाई चितवनको चुनावी सभामा सहभागी हुन भन्दै टेलिफोन गरेका छन् ।

बुधबार कोइरालाको सचिवालयले . रेणु दाहाललाई भोट माग्न कोइराला चितवन नआउने जानकारी दिएपछि प्रधानमन्त्री समेत रहेका देउवाले कोइरालालाई टेलिफोन गरेका हुन् ।

बिहिबार बिहान देउवाले फोन मार्फत भरतपु आउन आग्रह गर्दा कोइरालाले आफु कार्यव्यस्तताका कारण आउन नसक्ने बताएका उनको सचिवालयले जनाएको छ ।

सत्ता गठवन्धनको आज संयुक्त रुपमा भरतपुरमा सभा हुन लागेको हो । सभालाई सम्बोधन गर्न देउवा बुधबार साँझ नै चितवन आइसकेका छन् ।

सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ सहभागी हुने पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले जनाएको छ ।

.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर