थापाको मानसरोवर भ्रमण

Posted By OS Nepal || Date: 18 October, 2016

काठमाडौँ, २ कात्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापा चीनको तिब्बत स्वशासित क्षेत्र भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । चिनियाँ सरकारको निमन्त्रणमा तिब्बत पुग्नुभएका अध्यक्ष थापाले सरकारी प्रतिनिधिसँग भेटघाट गरी नेपाल तथा तिब्बतको सांस्कृतिक आदानप्रदानका बारेमा छलफल गर्नुभएको पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा अध्यक्ष थापाले कैलाश मानसरोवरको दर्शन तथा स्थानीय संस्कृतिको पनि अवलोकन गर्नुभएको थियो । नेता थापा गत असोज २७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँ बुधबार बेलायत जाने पनि कार्यक्रम छ । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!