चितवनमा हुने चुनावी सभामा शेखर कोइराला र महामन्त्री गगन थापा नजाने — OSNepal

चितवनमा हुने चुनावी सभामा शेखर कोइराला र महामन्त्री गगन थापा नजाने

LC (KTM) May 05, 2022 0

काठमाडौं २२ वैशाख । आज बिहिबार आयोजना हुने सत्ता गठवन्धनको सभामा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा नजाने भएका छन् ।

कोइरालाको सचिवालयले बुधबार नै कोइराला सभामा सहभागी नहुने स्पष्ट पारिसकेको छ । महामन्त्री थापा काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार सिर्जना सिंहले आयोजना गरेको कार्यक्रममा रहेका छन् ।

कोइराला प्रदेश १ को विभिन्न कार्यक्रममा सहभागी भएका छन् । कोइरालालाई भरतपुर आउन भन्दै पार्टी सभापति शेर बहादुर देउवाले समेत फोन गरिसकेका छन् । तर कोइरालाले आफु नआउने स्पष्ट पारिसकेका छन् ।

यता चितवनका कांग्रेस सभापति राजेश्वर खनालले भने कोइराला र थापा आउँदा चुनावी माहोल राम्रो हुने भन्दै फोन समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर